बारामा भारतीय नागरिकमाथि गोली प्रहार
पुस ८, २०७९ | बारा
बाराको महागढीमाई नगरपालिका २ भुतही पुल नजिक एक भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । भारतको पिपरा गाउँका ४५ बर्षाीय शिवपुजन यादवमाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार छातीमा गोली लागेर घाईते भएका यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा आएका २ जनाले यादवलाई गोली प्रहार गरेर फरार भएका थिए ।