सुदूरपश्चिममा सभामुख चयनमा सकस

माघ २, २०७९

सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न आज पुन:निर्वाचनको प्रयास हुने भएको छ । यसअघि दुुई पटक भएका मतदानमा कुनै पनि उम्मेदवारको बहुमत पुुग्न सकेको थिएन । सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र विपक्षी दलहरुकातर्फबाट कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् ।

पहिलो दिन पुष २८ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई सभामुख बन्न एक मत अपुग भएको थियो । उहाँले २६ मत मात्रै प्राप्त गनुृभयो । दोस्रो पटक पुष ३० गते भएको पुन:मतदानमा पनि भण्डारीले बहुमत प्राप्त गर्न सक्नुभएन । नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसेपछि निर्वाचनको नतिजा आउन नसकेको बताइएको छ । यसैबीच, प्रदेश सभाको बैठक अहिले केहीबेरमा बस्ने हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया