फागुन २८ भित्र राष्ट्रपति निर्वाचन नभए अनिष्ट हुन्छ : शेखर कोइराला

माघ १४, २०७९ | विराटनगर
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी फागुनभित्र राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने बताउनु भएको छ ।
विराटनगरमा आज प्रेस यूनियन प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रपतिको निर्वाचन फागुन २८ गतेभित्र नभए देशमा अनिष्ट हुने बताउनुभएको हो ।
उहाँले संविधान भन्दा माथि नभएर संविधान मातहत रहने राष्ट्रपति मुलुकलाई आवश्यक रहेको बताउनुभयो ।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएर अघि बढ्ने भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउन पार्टी सम्बद्ध सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।
फरक प्रसंगमा नेता कोइरालाले कांग्रेस जुनसुकै बेला पनि सरकारमा जान सक्ने बताउनुभयो ।