गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

माघ १४, २०७९ | काठमाडौं

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले लिनुभएको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार रवि लामिछानेले पदबाट राजिनामा दिएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नागरिकता सम्बन्धी विवादका कारण लामिछाने नेपाली नगारिक नरहेको ठहर गरेपछि सो गृहमन्त्रालय शुक्रबारबाट नेतृत्वविहीन बनेको थियो । 


प्रतिक्रिया