बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई

माघ १७, २०७९

प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखले समेत पाउने व्यवस्था हुने भएको छ । प्रतिनिधिसभाको नियमावली २०७५ संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राख्ने सहमति भएको हो । संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको सभामुखको अनुपस्थितीमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने प्रावधान उल्लेख छ । 

तर प्रतिनिधिसभाको नियमावलीमा उपसभामुखलाई बैठकको प्रारम्भ र स्थगन गर्न पाउने व्यवस्था राखिएको थिएन । अहिले नियमावलीमा संसोधन गर्दै नयाँ व्यवस्थाका लागि सहमति जुटेको हो । संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको नियमावली संशोधन प्रस्तावमा कावु बाहिरको परिस्थितिमा वा सभामुखले लेखेर दिएमा उपसभामुखले प्रारम्भ र स्थगन गर्न पाउने व्यवस्था राखिएको छ । 


प्रतिक्रिया