कृषिविज्ञ मदन राई पक्राउ

वैशाख २९, २०८० | खोटाङ

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् ।

शुभद्रा मदन फाउन्डेसनका सञ्चालक समेत रहेका राईलाई फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने, अश्लील हर्कत गर्न लगाउने लगायत जस्ता गतिविधि गरेको भन्दै समाचार प्रकाशित भएका थिए ।


प्रतिक्रिया