भारत भ्रमणमा ‘अखण्ड भारत’को नक्साका विषयमा कुरा उठाउन एमाले अध्यक्ष ओलीको माग

जेष्ठ १६, २०८० | काठमाडौं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा ‘अखण्ड भारत’को नक्साका विषयमा कुरा उठाउनु पर्ने माग गर्नुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालको भूभागलाई आफ्नो नक्सामा समावेश गरेको विषयलाई भ्रमणमा उठाउनु आग्रह गर्नुभयो ।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश भएको छ । अध्यक्ष ओलीले सो विषयमा भारत सरकारले गल्ती महशुस गर्नुपर्ने त्यसो नभए भारत भ्रमणको औचित्य नहुने उहाँको तर्क थियो । पुर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले भारत जस्तो पुरानो सुदृढ नमुना लोकतन्त्र भएको देशले नेपालको भूमि समेटेर आफ्नो नक्सा बनाउनु र त्यसलाई संसदमा राख्नुलाई उचित भन्न नसकिने बताउनुभो ।

गत आइतबार भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका भवनमा ‘अखण्ड भारत’को नक्सा भित्र नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको सार्वजनिक भएको थियो । 


प्रतिक्रिया