संखुवासभामा बाढीमा परी १ जनाको मृत्यु, १६ जना बेपत्ता

असार ३, २०८० | संखुवासभा

संखुवासभाको हेँवा खोलामा आएको बाढीमा परी १ जनाको मृत्यु भएको छ । अन्य १६ जना बेपत्ता भएका छन् । जिल्लाको पाँचपखन नगरपालिका ५ मा फेला परेको शवको पहिचान हुन सकेको छैन ।

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोका कारण खोला थुनिएपछि चैनपुर ४ ट्याङकोट स्थित सुपर हेँवा हाइड्रोपावरमा कार्यरत १६ जना मजदुरहरु बेपत्ता भएका हुन् । १८ जना  बेपत्ता भएकोमा २ जना प्रहरी सम्पर्कमा आएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

बढिपछि निर्माणाधिन सो हाइड्रोपावरमा पूर्ण क्षति भएको छ । यस्तै सोही हाइड्रोपावरमा कामगर्ने अन्यको अवस्था समेत थाहा नभएको प्रहरीले जनाएको छ ।

बाढीले खोला किनार क्षेत्रका ४ घर सहित पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल समेत बगाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया