भारतमा सवारी दुर्घटनामा परि ६ जना नेपालीको मृत्यु

फाईल फोटो  

श्रावण २१, २०८० | नेपालगञ्ज

 भारतमा हिजो साझ भएको सवारी दुर्घटनामा परी नेपालगन्जका ६ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशराज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा परी नेपालगन्जको त्रिभुवन चोकका २२ वर्षीय निलान्स गुप्ता र उनकी बहिनी २० वर्षीया सुनीताको मृत्यु भएको छ ।

गुप्ताकै नातेदार रहेका ३५ वर्षीय भैभव गुप्ता, उनकी ३२ वर्षीया श्रीमति दीपिका, ३ वर्षीय छोरा डल्लु र ६ महिनाकी छोरी श्रीयाको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाागीले जानकारी दिनुभयो ।

कार चालक अजय मिश्रा गम्भिर घाइते भएका छन् । उनीहरु सबैको शव नेपालगञ्ज ल्याउने तयारी भैरहेको छ ।


प्रतिक्रिया