संसदमा आफुलाई बोल्न नदिएको उप सभामुख रानाको गुनासो

श्रावण २४, २०८० | काठमाडौं

प्रमुख प्रतिपक्षी दल एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै गर्दा उपसभामुख इन्दिरा रानाले आफूलाई संसदमा बोल्न नदिइएको गुनासो गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले आफु महिला भएकै कारण संसदमा बोल्न नपाएको गुनासो गर्नुभएको हो ।

उहाँले सार्वजनिक कार्यक्रममै उपको पदलाई प्राथमिकतामा नराखिएको बताउनुभयो । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बन्नुभएकी रानाले अहिले पनि संसदमा न्युन संख्यामा महिला सांसदले आफ्नो कुरा राख्ने गरेको बताउनुभयो । उहाँले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गर्नुभयो । उहाँले आफ्ना बिचारलाई संसदमा नसकेटिएको, प्रतिनिधित्वको हिसावमा आफुलाई सहभागि नगराइएको भन्दै शीर्ष नेताहरुले शक्ती र सत्ताको आडमा एकल निर्णय गरेको आरोप समेत लगाउनुभयो । उपसभामुख रानाले युवाहरुका लागि आवश्यक नीति र बजेटमा समानता नहुदा दैनिक विदेशिने क्रम बढेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 


प्रतिक्रिया