बझाङमा भुकम्पका कारण १६ जना घाइते (अपडेट)

आश्विन १६, २०८० | काठमाडौं

सुदुरपश्चिम प्रदेशको बझाङमा आज दुई पटक भूकम्प गएको छ । बझाङको तल्कोट गाउँपालिका केन्द्र विन्दु भएर अपरान्ह २ बजेर ४० मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूड र सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर अपरान्ह ३ बजे ६ मिनेटमा ६ दशमलव ३ म्याग्निच्युडको भुकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । भुकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा गरी १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भिर घाइते भएका दुई जनाको उपचारका लागि कैलालीको धनगढी पठाइएको हाम्रा सहकर्मीले जनाएका छन् ।

यस्तै,भुकम्पपछि गएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलाउने प्रयास जारी छ । पहिरोमा परि स्थानीय गुनदेवी धामीे वेपत्ता भएको प्रहरीले जनाएको छ । भुकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिपेश चौधरीले बताउनुभयो ।


प्रतिक्रिया