रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुने

मंसिर १३, २०८० | काठमाडौं

सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

फागुन २० गते राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जनाको पदावधि सकिँदैछ । बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । 


प्रतिक्रिया