कोप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल आज यूएई जाँदै

फाइल फोटो  

मंसिर १३, २०८० | काठमाडौं

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स यूएई जाँदै हुनुहुन्छ । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो र सरकारी अधिकारीलाई लिएर प्रधानमन्त्री दाहाल आज राती साढे ९ बजे युएई जान लाग्नुभएको हो ।

कोप २८ युएईको दुबईमा भोली देखि २६ गतेसम्म चल्दैछ । प्रधानमन्त्री दाहालले आगामी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनले नेपालमा पारेको असर र क्षतिपूर्तिबारे विश्व समुदाययलाई ध्यानाकर्षण गराईने परराष्ट्रमन्त्रालयले उल्लेख गरेको छ । मंसिर १५ र १६ मा हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिटमा प्रधानमन्त्रीले सम्वोधन गर्न लाग्नुभएको हो ।

उहाँले आबुधाबीस्थित नेपाली दूतावासमा भोली भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री दाहाल यूएई भ्रमण सकेर मंसिर १७ गते स्वदेश फर्किनु हुनेछ ।


प्रतिक्रिया