बंगलादेशमा ६ तले भवनमा आगलागी

फाल्गुन १८, २०८० | काठमाडौं

बंगलादेशको राजधानी ढाकामा ६ तले एउटा भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ ।

दर्जनौं घाईते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

रेस्टुरेन्टमा लागेको आगो छिट्टै अन्य तल्लामा फैलिएको थियो ।

 घाईतेहरुको अवस्था गम्भिर रहेको स्वास्थ्यमन्त्री सामन्त लाल सेनले बताउनु भयो । आगलागीको कारण भने अझै पत्ता लागि नसकेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 


प्रतिक्रिया