सिमलताल घटनाः एन्जल बसका मालिकको शव फेला

श्रावण ४, २०८१ | नवलपरासी

भारतको बगाहा भेटिएको शव एन्जल बसका मालिकको भएको पुष्टि भएको छ ।

त्रिवेणीबाट ४० किलोमिटर दक्षिणमा आज बिहान फेला परेको शव एन्जल बसका मालिक माइला लामिछाने केसीको भएको पुष्टि भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको हो । सबै प्रमाणका आधारमा मृतकका भाइले केसीको सनाखत गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ ।

टिकट नकाटी बसमा यात्रा गरेका यात्रुका आफन्तले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा गरि ६५ यात्रु सवार थिए । 


प्रतिक्रिया