सगरमाथा संवाद : २४ विदेशी पाहुनाद्वारा हिमाल अवलोकन

जेष्ठ ४, २०८२ | काठमाडौं

सगरमाथा संवादको अन्तिम दिन बिहान २४ जना विदेशी पाहुनाले मउन्टेन फ्लाइट गरेका छन् । हिमाल देखाउने उद्देश्यका साथ वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आएकामध्ये करीब २४ विदेशी पाहुना र केही स्वदेशीले माउन्टेन फ्लाइट गरेका हुन् । 

सरकारले सो फ्लाइटको आयोजना गरेको थियो । विदेशी पाहुनाहरुले सगरमाथा लगायत हिमालको अवलोकन गरेका हुन् । सेताम्मे हुने गरेको हिमालमा जलवायु परिवर्तनको असर देखिएको वनमन्त्री शाहीले बताउनुभयो । 

कालो हिमाल देखिनुको अर्थ यो जलवायु परिवर्तनको असरबाट भएको भन्ने अनुभव गराइएको उहाँको भनाइ छ । यो जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धि भइरहेको र सेतो हिमाल कालो भएको पनि मन्त्री शाहीले बताउनुभयो । 

शुक्रबारदेखि सुरु भएको पहिलो संस्करणको सगरमाथा संवाद आइतबार सम्पन्न हुँदैछ । तीन दिने संवादमा नेपालले जलवायु परिवर्तन, पर्वत र मानव भविष्य विषयमा बहस उठाइरहेको छ ।


प्रतिक्रिया