कतारबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई आवेदन दिन दूतावासको आग्रह
फाल्गुन ३०, २०८२ | काठमाडौं
कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँबाट नेपाल फर्कन चाहने नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ । पश्चिम एसियाको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र लिएर कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई दूतावासले त्यस्तो आग्रह गरेको हो ।
दूतावासले सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन भनेको छ । त्यसका लागि दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ ।










