पश्चिम एसिया र मध्यपूर्वमा नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ : परराष्ट्रमन्त्री शर्मा
फाल्गुन ३०, २०८२ | काठमाडौं
परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसिया र मध्यपूर्वमा उत्पन्न तनाव रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघको १२ औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले इमर्जेन्सी कन्ट्रोल रूम सञ्चालनमा ल्याइसकेको बताउनुभयो ।
अर्को प्रसंगमा मन्त्री शर्माले भूराजनीति जटिलताका कारण अन्तराष्ट्रिय सम्वन्धमा नयाँ आयाम देखा परेको बताउनुभयो ।










