अमेरिका र चीनबीचको उच्चस्तरीय वार्ता फ्रान्सको पेरिसमा सुरु
चैत्र १, २०८२ | काठमाडौं
अमेरिका र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धी उच्चस्तरीय वार्ता फ्रान्सको पेरिसमा आजबाट सुरु भएको छ । सो वार्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भेटको तयारीका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको समाचार संस्था एपीले जनाएको छ ।
वार्तामा अमेरिकी पक्षबाट अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ पक्षबाट उपप्रधानमन्त्री हे लिफेङ सहभागी हुनु भएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प आगामी मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
यद्यपि बेइजिङले भने औपचारिक रुपमा पुष्टि गरेको छैन। यस वार्तामा इरानसँग सम्बन्धित युद्धको विषय पनि उठ्न सक्ने आंकलन गरिएको छ । राष्ट्रपति ट्रम्पले हर्मुज जल मार्गलाई सुरक्षित राख्न चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशले युद्धपोत पठाउने अपेक्षा समेत व्यक्त गरिएको छ ।








