उपसभामुखलाई हटाउने तयारी प्रति कानुनविद्को आपत्ती

भाद्र ४, २०८२
उपसमामुखलाई महाभियोग लगायर हटाउने सत्तारुढ दल नेपाली कांगे्रस र एमालेको तयारी प्रति कानुनविद्ले आपत्ती जनाएका छन् । संवैधानिक पदमा रहेको व्यक्तिलाई विना कुनै ठोस आधार बहुमतको आधारमा महाभियोग लगाएर हटाउंदा सरकार प्रति राम्रो सन्देश नजाने उनीहरुले बताएका हुन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज बिहान संवाद गर्दै संविधानविद् डा. विपिन अधिकारीले भन्नुभयो । संसदमा बहुमतको बलमा उपसभामुख हटाउंदा सत्तारुढ दलप्रति कलंक लाग्ने डा. अधिकारीको भनाई छ । राज्यको महत्वपूर्ण पदमा आशिन व्यक्तिलाइ बहुमतका बलमा हटाएमा संविधानको उल्लंघन हुने समेत उहांले बताउनुभयो । नेपाली कांग्रेस र एमालेका नेताहरुबीच पद अनुसार आचरण नगरेको भन्दै उपसभामुख रानालाई हटाउने समझदारी जुटेपछि हस्ताक्षर संकलन शुरु भएको बताइएको छ । कंग्रेसका संस्थापन इतर पक्षका सांसदहरुले भने हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।