माइक्रो सेटलाइट बनाउने तयारी नास्टको तयारी

भाद्र ४, २०८२
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले भारत सरकारको सहयोगमा माइक्रो सेटलाइट बनाउने तयारी गरेको छ । त्यसको लागि नास्टले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौको अन्तिम साता हुने भारत भ्रमणको अवसर पारेर सो प्रस्ताव अघि सार्न लागेको हो । नास्टका वैज्ञानिक हरिराम श्रेष्ठका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नास्टसँग विज्ञान तथा प्रविधिसम्बन्धी एजेण्डाको आव्हान गरेपछि नास्टले माइक्रो सेटलाइटको अवधारणा अघि सारेको हो । सो प्रस्तावअनुसार नेपालले ५० देखि ६० किलोसम्मको माइक्रो सेटलाइट भारतको सहयोगमा बनाउनेछ । वर्षैभरि विभिन्न किसिमका प्राकृतिक विपद्को सामना गरिरहेको नेपालका लागि यस्तो सेटलाइट धेरै उपयोगी हुने वैज्ञानिक श्रेष्ठको भनाइ छ । सो सेटलाइट बनाउन ३ वर्ष लाग्ने र करिब ६० लाख खर्च हुने अनुमान गरिएको छ । सेटलाइटले करिब १० काम गर्ने बताइन्छ । नास्टले भारतबाट पर्यवेक्षण, त्यहाँको सेटलाइट परीक्षण सुविधा प्रयोग गर्ने र भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले लन्चमा सहयोग खोजेको छ ।