चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ जनाको शव फेला

भाद्र २९, २०८२ | काठमाडौं
आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ जनाको शव भेटिएको छ ।
शरीर पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भेटिएका शव त्यहीँका कर्मचारी हुन् कि आगो लगाउने क्रममा भित्र पसेका व्यक्ति हुन् भन्ने खुल्न सकेको छैन । उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार डीएनए परीक्षण गरेर ती शवको पहिचान गर्ने तयारी भएको छ ।