क्षतिग्रस्त भवन परिसरबाटै सर्वोच्चको काम सुरु

भाद्र २९, २०८२ | काठमाडौं

सर्वोच्च अदालतले गत भदौ २४ गतेको तोडफोड र आगजनीमा क्षतिग्रस्त भवनबाटै न्याय सम्पादनको कार्य सुरु गरेको छ । 

आगजनीले खण्डहर भएको भवन परिसरमा पाल टाँगेर सेवा सुरु गरेको हो । त्यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादन सुरु गर्नुपर्ने भन्दै तारेख र पेसी लगायतबारे ब्रिफिङ लिनुभएको थियो । 

त्यस्तै, उहाँले क्षतिग्रस्त भएका भवनको निरीक्षण गर्नुभएको थियो । न्याय परिषद्को भवनमा कम क्षति भएकाले त्यहाँ न्यायाधीशहरुको चेम्बर र इजलास बनाउने तयारी भइरहेको सर्वोच्च अदालतले जनाएको छ । यसैबीच, सर्वोच्च पुगेका सेवाग्राहीलाई तीन महिनापछिको तारेख दिँदै पठाइएको छ । 

इजलास र भवनको टुंगो लागेर मात्र सुुनुवाइ अघि बढाइने जानकारी उनीहरुलाई गराइएको राखिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताउनुभयो ।  


प्रतिक्रिया