लाइसेन्स छपाइ र वितरणको काम रोकियो

भाद्र २९, २०८२ | काठमाडौं

आन्दोलनका क्रममा क्षति भएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम अनिश्चितकालका लागि बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 लाइसेन्स छपाई गर्ने कार्यालयमा आगजनी र तोडफोड भएकाले काम रोकिएको विभागको भनाइ छ । आन्दोलनका क्रममा विभागका विभिन्न संरचना तोडफोड गरि लुटपाट तथा विद्युतीय उपकरणमा क्षति भएको छ ।

 विभागका अनुसार सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध भएको छ । लाइसेन्स वितरण समेत रोकिएको विभागले जानकारी दिएको छ । 


प्रतिक्रिया