तोडफोड र आगजनी गर्नेलाई कारवाही हुन्छः प्रधानमन्त्री कार्की

भाद्र २९, २०८२ | काठमाडौं

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा षड्यन्त्रका कारण सरकारी र सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको हुन सक्ने बताउनुभएको छ । 

पदभार ग्रहण गरेपछि सिंहदरवारमा सरकारका सचिवहरुलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनमा भएका तोडफोड र आगजनीबारे छानविन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

तोडफोड र आगजनीमा संलग्नलाई कारवाही हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो । घटनाबारे खोजबिन गरिने उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गर्ने दायित्व पुरा गर्ने बताउनुभयो । आफूले सत्ताका लागि मात्र जिम्मेवारी नलिएको चर्चा गर्दै उहाँले भन्नुभयो–

प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको छ । तर सानो आकारको मन्त्रीमण्डल बनाउने भनिएपनि मन्त्री बन्नेहरुको नाम टुंगो लागिसकेको छैन ।


प्रतिक्रिया