जेनजीको मागपत्रका नाममा तमासा भइरहेको ओलीको टिप्पणी

कार्तिक ३०, २०८२ | काठमाडौं

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र जेन जी पुस्ताबीच हुन लागेको सम्झौतालाई लिएर प्रश्न उठाउनुभएको छ ।

तीन वटा जेन जी समूहले आफ्ना माग समेटेर प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त मस्यौदा बुझाएको केही दिनपछि एमाले अध्यक्ष ओलीले त्यसबारे टिप्पणी गर्नुभएको हो । जेन जीको मागपत्रका नाममा तमासा भइरहेको उहाँको भनाइ छ । भक्तपुरको गुन्डुस्थित निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले सो धारणा राख्नुभएको हो ।

जेनजी आन्दोलनका विषय र मागलाई संस्थागत सम्बोधन गर्न सरकारसँग गर्ने सम्झौताको एकीकृत मस्यौदा गत शुक्रवार तीन वटा समूहले प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरेका थिए । अर्को प्रसंगमा एमाले अध्यक्ष ओलीले वर्तमान सरकारलाई चुनाव गराउने हक नै नभएको टिप्पणी गर्नुभएको छ ।

जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्धारित चुनाव गराउने म्यान्डेट पाएपनि ओलीले भने त्यसविपरित अभिव्यक्ति दिनुभएको हो । 


प्रतिक्रिया