नेपाल दुष्टिविहिन महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश
कार्तिक ३०, २०८२ | काठमाडौं
नेपाल, दृष्टिबिहिन महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य नेपालले चार बलमै बिना विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९ ओभर ४ बलमा १७ रनमै समेटियो ।
अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले एक विकेट लिए ।
६ टिम सहभागी प्रतियोगितामा तेस्रो जितसँगै ६ अंकसहित नेपाल दुई म्याच अगावै सेमिफाइनलमा पुगेको हो ।
नेपालले अब पर्सि मंगलबार श्रीलंकाको कोलम्बोमा अस्ट्रेलियासँग खेल्नेछ भने आफ्नो अन्तिम खेल आगामी बुधबार पाकिस्तानसँग खेल्नेछ ।
अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
भारत पनि सेमिफाइनल पुगिसकेको छ ।
तालिकाको पहिलो स्थानमा भारत, दोस्रोमा नेपाल र तेस्रोमा पाकिस्तान र चौथोमा श्रीलंका छ ।








