राष्ट्रपतिकोे स्वीकृतिसँगै चुनावमा सेना परिचालन गर्न बाटो खुला

मंसिर ११, २०८२ | काठमाडौं

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्ने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार चुनावमा सेनालाई खटाउन स्वीकृति दिनुभएको हो । मन्त्रीपरिषद्ले यही मंसिर ८ गते आगामी निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गरेको थियो । 

सोही अनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सेना परिचालनका लागि सरकारको सिफारिसमा राष्ट्रपतिले स्वीकृति दिनुपर्ने संवैधानिक प्रावधान छ । आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषयलाई लिएर कतिपय दलले चासो व्यक्त गरिरहेका बेला सेना परिचालनको निर्णय भएको हो । प्रमुख राजनीतिक शक्ति नेपाली कंग्रेस र एमाले लगायत दलले चुनावका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै आएका छन् । 

यसैबीच, प्रधानमन्त्री सुशीला कार्की र एमालेका नेताहरुबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीसँगको भेटका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सिंहदरवार पुग्नुभएको थियो । अन्तरिम सरकारप्रति असन्तुष्टी व्यक्त गर्दै आएको एमालेका नेताहरुले प्रधानमन्त्री कार्कीसँग छुट्टै भेट गरेका हुन् ।


प्रतिक्रिया