निर्वाचनको मिति सार्न खोजे देश दुर्घटनामा जाने दाहालको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

पुस ५, २०८२ | काठमाडौं

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएकाले पछि हट्न नमिल्ने बताउनुभएको छ ।

 काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विभिन्न बहानामा निर्वाचनको मिति सारिएमा देश ठूलो दुर्घटनामा जाने चेतावनी दिनुभयो । 

त्यस्तै, संयोजक दाहालले एमाले समेत निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभयो । उहाँले बाहिर जे बोले पनि एमालेले भित्रि रूपमा निर्वाचनको तयारी गरिरहेको दाबी गर्नुभयो । 


प्रतिक्रिया