एसेज सिरिजको तेस्रो खेलमा अस्ट्रेलिया जित नजिक

रेडियो कान्तिपुर संवाददाता

पुस ५, २०८२ | काठमाडौं

इंग्ल्याण्ड विरुद्धको एसेज सिरिजको तेस्रो खेलमा अस्ट्रेलिया जित नजिक पुगेको छ । चौथो दिनको अन्त्यतिर आज अस्ट्रेलियाका स्पिनर नाथन लायनले उत्कृष्ट बलिङ गर्दै इङ्ल्याण्डका महत्वपूर्ण विकेट लिएसँगै अस्ट्रेलिया जित नजिक पुगेको हो । लायनले ह्यारी ब्रुक, बेन स्टोक्स र ज्याक क्राउलीको महत्वपूर्ण विकेट लिएका छन् । अस्ट्रेलियाले दोस्रो इनिङ्समा ३ सय ४९ रन थप गर्दै इङ्ल्याड विरुद्ध ४ सय ३५ रनको लक्ष्य दिएको थियो । 

अस्ट्रेलियाको घरेलु मैदान एडिलेडमा जारी तेस्रो टेस्टको चौथो दिन आज इंग्ल्याण्ड २ सय ७ रनमा ६ विकेट गुमाएको स्थितिमा छ । जितका लागि अब उसलाई २ सय २८ रनको आवश्यकता छ ।अब अस्ट्रेलियालाई जितका लागि मात्र ४ विकेटको आवश्यकता छ । 

भोलि हुने पाँचौ दिनको खेलमा इङ्ल्याण्डको ४ विकेट लिन सके अस्ट्रेलियाले शृंखलामा ३–० को अग्रता सहित उपाधि सुरक्षित गर्नेछ । यसअघि भएका दुई खेलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो ।   


प्रतिक्रिया