संसद पुनस्थापना हुने अपेक्षा राख्न आवश्यक छैन : लामिछाने
पुस ५, २०८२ | चितवन
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले चुनावमा ’जेन–जी अभियन्तासहित सबै नयाँ शक्तिहरुलाई मिलाउने अभियानमा आफू लाग्ने बताउनुभएको छ । थुनामुक्त भएपछि आज चितवनको भरतपुर चौबिसकोठीमा सम्बोधन गर्दै उहाँले सो समन्वय चुनावका लागि मात्रै नभएर सिंगो पुस्ताका लागि हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सुशासनमा अगाडी बढ्दै निर्वाचन समयमै सम्पन्न गर्न वर्तमान सरकारलाई आग्रह समेत गर्नुभयो । परिवर्तन चाहने सबैसँग मिलेर अघि बढ्ने बेला आएको भन्दै सरकारलाई रास्वपाको पूर्ण साथ र सहयोग रहने उहाँको भनाई थियो ।










