मकवानपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु/तीन जना घाइते
पुस २०, २०८२ | काठमाडौं
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जीप सडकबाट आज साँझ एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परि चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक र घाइतेहरुको नाम खुल्न सकेको छैन । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा ९ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।









