वीरगञ्जमा २ दिनदेखि उत्पन्न तनाव अन्त्य/५ बूँदे सहमतिपछि कफ्र्यु हटाइयो

पुस २२, २०८२ | बारा

दुई दिनदेखि उत्पन्न तनाव अन्त्यका लागि स्थानीय प्रशासनको अगुवाइमा सरोकारवाला पक्षबीच ५ बूँदे सहमति भएपछि वीरगञ्जमा लगाइएको कफ्र्यु हटाइएको छ । 

स्थानीय प्रशासनले सर्वपक्षीय बैठकमार्फत् दुई पक्षबीचको विवाद मिलाउन विभिन्न सहमति गरेको छ । अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने दुई पक्षको प्रतिबद्धता पछि कफ्र्यु हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

धार्मिक र सामाजिक सद्भाव विरुद्धका गतिविधिलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न स्थायी सद्भाव संयन्त्र गठन लगायत सहमति भएको हाम्रा सहकर्मीले जनाएका छन् । 

त्यसैगरी धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न खोज्ने समूहलाई कानुनी दायरमा ल्याउने प्रतिवद्धता समेत जनाइएको छ । धनुषाको कमला नगरपालिकामा भएको दुई धार्मिक समूहबीचको विवादपछि वीरगञ्जमा समेत प्रदर्शन भइरहेको थियो । 


प्रतिक्रिया