बालेन्द्र शाहको कार्यशैलीप्रति महेश बस्नेतको आपत्ति

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०८२ | काठमाडौं

एमाले सचिव महेश बस्नेतले काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । आज आयोजित एक कार्यक्रममा बोल्दै सचिव बस्नेतले काठमाडौंका नागरिकलाई सुकुमबासी बनाएको आरोप लगाउनुभयो ।

झापा ५ मा निर्वाचन लड्ने तयारी गरेपछि एमालेका नेताहरुले निवर्तमान मेयर शाहको सार्वजनिक रुपमा आलोचना गरिरहेका छन् । एमाले सचिव बस्नेतले शाहसँग अबको चुनावमा हिसाव किताव हुने बताउनुभयो । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा ६१ हजार भन्दा बढी मतसहित मेयर बनेका शाहले कार्यकाल पुरा नहुँदै पदबाट राजिनामा दिएर दलीय राजनीति प्रारम्भ गर्नुभएको हो ।


प्रतिक्रिया