विराटनगरमा ‘रेडियो अन ह्वील्स’को उत्साह

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०८२ | विराटनगर

एक्सट्रीम इनर्जी ड्रिन्क्सद्वारा आयोजित रेडियो कान्तिपुरको लोकप्रिय रोड शो ‘रेडियो अन ह्वील्स’ कार्यक्रम विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी किशोर प्रसाद सापकोटाले मुम्बईको आकर्षक प्याकेजसहितको आईसीसी टी–२० विश्वकपको टिकट जित्न सफल भएका छन् ।

आयोजकका अनुसार सोमबार सिरहाको लहानमा रोड शोको चौधौँ संस्करण आयोजना गरिँदैछ । कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्सट्रीम वा म्याक्स टाइगर इनर्जी ड्रिन्क्स खरिद गर्ने सहभागीहरूको नाम र मोबाइल नम्बर लक्की ड्रमा समावेश गरिनेछ । प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले टी–२० विश्वकपको प्याकेज जित्ने व्यवस्था गरिएको छ ।

यसपटकको रोड शोमा गायक विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा यशोदा ढकालले गीत, संगीत र नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए । हास्य कलाकार राजा राजेन्द्रले बालबालिकासँग रमाइला खेल खेलाउँदै सहभागि दर्शकहरूमध्ये केहीलाई आकर्षक पुरस्कार समेत वितरण गरेका थिए ।

विशेषगरी विश्व नेपालीले ‘मिठो असाध्यै मिठो’, ‘मै पनि बन्छु कवि देवकोटा’, ‘परान परान’ र ‘भन के छ बन्दोबस्त’ बोलका चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरूले पुनः प्रस्तुतीको माग गरेका थिए ।

कार्यक्रमका सञ्चालकद्वय महेश लिम्बु र स्मिता राणाले पूर्वी नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी माया विराटनगरबाट पाएको उल्लेख गर्दै श्रोता तथा दर्शकप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिन्क्स रहेको छ भने पावर्ड बाइमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन् । यसैगरी इन्टरनेट पार्टनर वाइफाइ नेपाल, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनर सर्वो, फर्निचर पार्टनर सोफा हब काठमाडौं तथा बन्डिङ पार्टनर राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी इभेन्ट नेपालले लिएको छ ।


प्रतिक्रिया