धरानका मेयर हर्क साम्पाङद्वारा राजीनामा

माघ ४, २०८२ | सुनसरी

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिनुभएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उमेद्धवार बन्ने घोषणा गरेका साम्पाङले आज सांझ राजीनामा दिनुभएको हो ।

 साम्पाङले सांझ उपमहानगरका उपप्रमुख सहित सबै वडाअध्यक्षको भेला बोलाएर राजीनामा दिनुभएको हो । आफ्नो कार्यकालभरी सहयोग गरेकोमा सबै कर्मचारी र जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै साम्पाङ उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाउनुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनावी अभियान भने यसअघि नै शुरु गर्नुभएको थियो । 


प्रतिक्रिया