करिब ६० प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २१, २०८२ | काठमाडौं

निर्वाचन आयोगका अनुसार मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणअनुसार छिटपुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको उहाँको भनाइ थियो । भौगोलिक रुपमा विकट १५ वटा दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको भण्डारीले बताउनु भयो ।

कानून अभावका कारण ‘नो भोट’को व्यवस्था गर्न नसकेको उहाँको भनाइ थियो । 


प्रतिक्रिया