बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिने घोषणा
फाल्गुन २१, २०८२ | काठमाडौं
भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । संघीय संसदको सदस्य बन्ने तयारी गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।
सामाजिक सञ्जाल एक्समार्फत उहाँले नयाँ राज्य सरकारलाई पूर्ण सहयोग गर्ने समेत बताउनुभएको बीबीसीले जनाएको छ । ७५ वर्षीय नितिश कुमारको सो निर्णयसँगै बिहारमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।
नयाँ मुख्यमन्त्री उहाँको पार्टी जनता दल युनाइटेड वा गठबन्धन साझेदार भारतीय जनता पार्टी (भाजपा) बाट हुन सक्ने सम्भावना रहेको बताइएको छ ।









