चितवन–२, तीन हजार छ सय मत गणना हुँदा रवि लामिछानेको अग्रता
फाल्गुन २२, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले चितवन–२ मा अग्रता लिनुभएको छ ।
तीन हजार ६६९ मत गणना हुँदा लामिछानेको एक हजार १५८ मत आएको छ । एमालेका उम्मेदवार अस्मिन घिमिरेको ९०७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रताप गुरूङको ७७५ र नेपाली कांग्रेसका मिनाकुमारी खरेलको ५३९ मत आएको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा जानकारी गराएको छ । चितवन–२ मा ८७ हजार २२१ मत खसेको थियो ।
२०७९ मंसिरको निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा लामिछाने नै फराकिलो मतान्तरले विजयी हुनुभएको थियो । हाल चितवन–२ को इच्छाकामना गाउँपतलिकाको वडा नम्बर १ र २ को गणना सकिएर ३ नम्बर वडा फिस्लिङ क्षेत्रको गणनाको प्रारम्भिक विवरण आइरहेको छ ।










