झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेन्द्र शाहको अग्रता
फाल्गुन २२, २०८२
काठमाडौँ । निर्वाचनको इपिसेन्टर मानिएको झापाको निर्वाचन क्षेत्र नं. ५ मा दुई हजार ३०३ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिनुभएको छ ।
शाहले एक हजार ४७८ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याउनुभएको छ । त्यस्तै, नेपाली कम्प्युनिस्ट पार्टीले ५९ र नेपाली कांग्रेसले ४२ मत ल्याएको छ ।










