सभापति रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र २, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज निर्णय हुने बताइएपनि समय अभावले हेर्दाहेर्दैमा राखिएको हो । 

सर्वोच्च न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस नसकिएपछि भोलिका लागि हेर्दा हेर्दैमा राखिएको छ । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो निवेदनलाई नियमित सुनुवाइ गर्न हिजोकालागि पेशी तोकेको थियो । 

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नु भएको थियो । सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नु भएको थियो ।


प्रतिक्रिया