भारतको सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु
चैत्र २, २०८२ | काठमाडौं
भारतको ओडिशा राज्यस्थित एक सरकारी अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। कटक शहरस्थित एससीबी मेडिकल कलेजको ट्रमा केयर आईसीयूमा आज आगलामगी हुँदा सो संख्यामा हताहती भएको हो ।
मृत्यु हुने सबैजना अस्पतालमा उपचाररत बिरामी रहेको बताइएको छ। सो राज्यका मुख्यमन्त्री मोहन चरण माझीका अनुसार बिरामीलाई उद्धार गर्ने क्रममा ११ जना अस्पतालका कर्मचारी घाइते भएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको आशंका गरिएको छ।मुख्यमन्त्री माझीले घटनास्थल निरीक्षणपछि सञ्चारकमीसँग कुरा गर्दै आगलागीले ट्रमा केयर आईसीयू सँगै अन्य वार्डहरुपनि प्रभावित भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच ओडिशा सरकारले मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेको छ। साथै घटनाबारे न्यायिक छानबिन गर्न निर्देशन दिइएको समाचारमा उल्लेख छ ।










