सभामुखका लागि आज उम्मेदवारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र २०, २०८२ | काठमाडौं

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी आइतवार हुने सभामुख निर्वाचनको कार्यतालिका अनुसार मनोनयन दर्ता आजका लागि तय भएको हो । संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । आजै अपरान्ह साढे दुई बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । एक भन्दा बढी उम्मेदवारी परेको अवस्थामा फूल हाउसमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

 प्रतिनिधिसभामा दलहरुको उपस्थितिलाई हेर्दा पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट मात्र सभामुखका लागि उम्मेदवारी पर्ने सम्भावना छ । सो पार्टीले काठमाडौं क्षेत्र नम्वर ९ बाट निर्वाचित डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभामा रास्वपाका १ सय ८२ जना सांसद रहेकाले अर्याल नै सभामुख बन्न निश्चित छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखको निर्वाचन भने केही दिनपछि गर्ने तयारी भएको बताइएको छ । 


प्रतिक्रिया