सभामुखको चुनाव चैत २२ मा हुने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १८, २०८२ | काठमाडौं

प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको हो ।

रास्वपाले उपसभापति समेत रहेका डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको बुझिएको छ । बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको बुर्लाकोटीले बताउनुभयो । 

साथै हाउसको पहिलो बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया सुरु गरिने उहाँको भनाइ थियो । साथै शीर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यसूचीमा रहेको छ ।


प्रतिक्रिया