राष्ट्रिय सहमतिको सरकार हल्ला मात्र : देउवा

असार १, २०७३ | नेपालगञ्ज

प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतीय सरकारको कुरा हल्ला मात्र भएको बताउनुभएको छ । अहिलेसम्म राष्ट्रिय सहमतिको सरकारको बिषय भनाईमा मात्र सिमित भएको भन्दै सभापति देउवाले आगामी दिनमा पनि त्यस्तो सरकार बन्ने सम्भावना नरहेको दावी गर्नुभयो ।

पार्टीको कार्यक्रममा सहभागी हुन हुम्ला जाने क्रममा नेपालगञ्जको राँझा बिमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै देउवाले राष्ट्रिय सहमतिको सरकार निर्माणवारे आफुलाई जानकारी नभएको बताउनुभयो ।

सरकारले आफ्नो आयु लम्व्याउन सहमतीय सरकारको कुरा गरेको भन्दै उहाँले प्रमुख प्रतिपक्ष दल बैकल्पिक सरकार भएकाले राष्ट्रिय सरकार बनाउने बिषयमा आफुहरुको कुनै भूमिका नहुने बताउनुभयो ।

यस्तै बर्दियामा हुने कार्यक्रममा सरिक हुन देउवासंगै राँझा बिमानस्थलमा ओर्लिएका सुचना तथा संचारमन्त्री शेरधन राईले  कंग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाउनुभयो ।

राष्ट्रिय सहमति निर्माणमा कंग्रेसले सहयोग नगरेका कारण समस्या बल्झिएको भन्दै सरकारका प्रवक्ता समेत रहेका राईले संविधानको कार्यान्वयनका लागी सवै दल एक जुट हुनुपर्ने बताउनुभयो ।

उहाँले मधेसी मोर्चालाई पटक पटक बार्तामा बोलाउदा पनि समस्या समाधानमा गम्भिर नबनेको आरोप लगाउनुभयो । 

 


प्रतिक्रिया