चुनाव गराए सरकार हिरो नत्र जिरो – रायमाझी

आश्विन २९, २०७३ | अर्घाखाँची

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारको कामको मुल्याङ्कन गर्ने बेला भइनसकेको बताउनु भएको छ । रिपोर्टर्स् क्लव अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कारमा उहाँले तीनै तहको चुनाव गराए मात्रै वर्तमान सरकारको प्रशंसा हुने उल्लेख गर्नुभयो । संविधान कार्यान्वयन र चुनाव गराउने चुनौती र अवसर सरकारको सामू रहेको उहाँले बताउनुभयो ।  

विपक्षी दल एमाले, माले राप्रपा नेपाल लगायतका दलले साथ नदिएसम्म संविधान संशोधन हुन नसक्ने बताउनुभयो । पहिचान र सामाथ्र्यका आधारमा सात प्रदेश बनाइएकाले यसमा तलमाथि केही नहुने उहाँको भनाई थियो । मधेश केन्द्रित दलका माग सम्बोधन गर्ने नाममा ५ नम्बर प्रदेशको भूगोललाई टुक्र्याउन खोजिए मान्य नहुने उल्लेख गर्नुभयो । 

 


प्रतिक्रिया