संशोधनको बाहानामा निर्वाचन रोक्ने प्रयास भईरहेको : एमाले अध्यक्ष ओली

चैत्र ४, २०७३ | महेन्द्रनगर

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको बाहानामा स्थानीय तह निर्वाचन रोक्ने प्रयास भईरहेको बताउनुभएको छ । निर्वाचन गराउन सरकार गम्भिर नभएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफुमा दोष नपर्ने गरि निर्वाचन स्थगित गराउने बाहानाको खोजिमा रहेको आरोप लगाउनुभयो ।

मेची महाकाली अभियानको पत्रकार सम्मेलन मार्फत औपचारिक समापन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयमा जनदबाब दिने उद्धेश्यले सञ्चालन गरिएको अभियान सफल भएको दावी गर्नुभयो ।

आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गराउनु पर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्यसो नभए मुलुक गम्भिर संवैधानिक संकटमा फस्ने चेतावनी दिनुभयो ।

प्रमुख सत्ता साझेदार कंग्रेस पनि स्थानीय निर्वाचनमा पक्षमा नरहेको बताउँदै उहाँले कंग्रेस सभापति शेरबहादुर देउवाको ध्यान जेठपछि सत्ता हस्तान्तरणमा मात्र रहेको उल्लेख गर्नुभयो ।

 


प्रतिक्रिया