बझाङ एमाले र कंग्रेस कार्यकर्ताबीच झडप / तीन घाइते

असार १४, २०७४ | बझाङ

बझाङको जयपृथ्वी नगरपालिका २ को पाण्डु उच्च मावि मतदान केन्द्रंमा कंग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । अशक्तको मत वारिस मार्फत हाल्ने विषयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका बझाङ सहकर्मी बसन्त प्रताप सिंहले जनाएका छन् । झडपपछि मतदान कार्य रोकिएको छ । मतदान स्थललाई अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

 


प्रतिक्रिया