जन्तेढुङ्गा गाउँपालिकामा प्रमुख र उप–प्रमुख दुबैमा एमाले विजयी

असार १६, २०७४ | खोटाङ

खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई विजयी हुनु भएको छ । उहाँले २१५३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनु भएको हो ।

प्रतिद्वन्द्वी कांग्रेसका खेमबहादुर खड्काले १५६२ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रकी अरुणा राईले ११४७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकै विमला राई २०८६ मतका साथ बिजयी हुनु भएको छ ।

कांग्रेसकी अनिता राईले १४६६ र माओवादी केन्द्रका विरबल किरातीले १२४७ मत प्राप्त गर्नुभयो ।  

 


प्रतिक्रिया