जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी

असार १९, २०७४ | कैलाली

कैलालीको जानकी गाउँपालिकाकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिकाको प्रमुखमा प्रदीप चौधरी ५ हजार ५७ मतसहित विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगादेवी चौधरीले ४ हजार २ सय २१ मत प्राप्त गर्नुभयो । यस्तै उपप्रमुखमा पनि नेपाल लोकतान्त्रिक फोरमकै उमा महतो विजयी हुनुभएको छ ।

महतोले ५ हजार ९७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका सुर्य बटालाले ४ हजार ३० मत ल्याउनुभयो ।

 


प्रतिक्रिया